गान्तोक: भारत सरकारको केन्द्रीय सामाजिक न्याय अनि सशक्तिकरण मन्त्री डा. बिरेन्द्र कुमारले आज भर्चुउलरूपमा बुर्तुकको ओबीसी छात्रावासको उदघाटन गरे। यस कार्यक्रमको आयोजना सिक्किम सरकारको सामाजिक न्याय एवम कल्याण विभागको पहलमा गरिएको हो।
यस छात्रावासको निर्माण भारत सरकारको सामाजिक न्याया अनि सशक्तिकरण मन्त्रालयको अनुदानको सहायता अन्तर्गत ओबीसी ओबीसी अनि अन्य भाइब्रेन्ट इन्डियाको निम्ति प्रधानमन्त्री यङ अचिवर्स स्कलरशिप अवार्ड योजना अन्तर्गत गरिएको हो। सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयको लक्ष्य समावेशी समाज निर्माण गर्ने हो, जसमा लक्षित समूहका सदस्यहरूले आफ्नो वृद्धि र विकासमा पर्याप्त सहयोग गरी उत्पादनशील, सुरक्षित र सम्मानजनक जीवनयापन गर्न सक्ने बताइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त सचिव किशोर प्रधानले चुनौतिहरू सम्बोधन गर्न होस्टलको आवश्यकतालाई प्रकाश पार्दै यो उद्घाटनले यसले सहयोगी सिकाइ वातावरण सिर्जना गर्ने बताए। उनले विद्यार्थीहरुलाई सरकारद्वारा उपलब्ध गराइएको सुविधाको सदुपयोग गर्ने आग्रह गरे।
आफ्नो सम्बोधनमा समाज कल्याण विभागका उपनिर्देशक वैष्णव गजमेरले यस योजनाको रूपरेखा प्रस्तुत गर्दै देशव्यापी रूपमा एकैसाथ हुने यस्ता कार्यक्रमहरूकोबारेमा जानकारी गराए। उनले छात्रावासले मुख्यतया ओबीसी विद्यार्थीहरूको इच्छा र आकंक्षा पूरा गर्ने बताए। विशेष गरेर शारिरिकरूपमा असक्षम भएका विद्यार्थीहरू र अन्यका लागि कोटाहरू पनि आरक्षित गर्दछ। यसका साथै सम्बन्धित निकायले विद्यार्थीको आवश्यकता अनुसार सिट बाँडफाँडको व्यवस्था गर्ने समेत उल्लेख गरिएको छ।