सिक्किम: वित्तीय वर्ष २०२३-२४ को निम्ति १३,४७९.६१ लाख रूपियॉंको दोस्रो अनुपूरक अनुदान माग पारित

n58788651817093137727885a37694bcdd1884083c7dfd23fa33ee3a8e4572c524f773fe45b12d4523067a6.jpg

गान्तोक: सिक्किम विधानसभामा आज (शुक्रवार) वित्तीय वर्ष २०२३-२४ को निम्ति १३,४७९.६१ लाख रूपियॉंको दोस्रो अनुपूरक अनुदान माग पारित गरिएको छ। मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले आज विधानसभा सत्रको पहिलो दिन सदनमा उक्त माग पेश गरेका थिए।

यसैगरी, शिक्षा विभागका मन्त्री केएन लेप्चाले आज सदनमा दुईवटा नयॉं बिल पेश गरे। जसमा सिक्किम पन्नाधाय विश्वविद्यालय विधेयक, २०२४ र निर्मला देवी विश्वविद्यालय विधेयक, २०२४ सामेल छन्। उक्त दुई नयॉं विधेयकमाथि भोलि सत्रको दोस्रो दिन मतदान एवं बहस हुनेछ।

यसरी नै गत १२ फरवरीका दिन सम्पन्न सिक्किम विधानसभाको सत्रमा शिक्षा मन्त्री लेप्चाले पेश गरेका नौवाट विश्वविद्यालय विधेयक र दुईवटा संशोधन विधेयक पनि आज सदनमा बहसपछि पारित गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *