सिक्किम: डीआर थापाले गरे राजनीतिक हिंसालाई तुरून्त नियन्त्रण गर्न माग

img-20230528-wa0320-5-300x172-3755807789096742254.jpg

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले राज्यका पूर्व विधानसभा अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ केएन राई एवं सहयोगीहरूमाथि आज दिउँसो दक्षिण सिक्किमको माझीगाउँ, मल्लीमा भएको प्राणघातक हमलाको कड़ा शब्दमा निन्दा गर्दै राज्यमा बारम्बार घटिरहने यस्ता राजनीतिक हिंसालाई तुरून्त नियन्त्रण गर्न प्रशासन एवं सरकारसमक्ष माग गरेका छन्। अध्यक्ष थापाले आज जारी प्रेस विज्ञप्तिमा उक्त घटनाले स्तब्ध बनाएको बताएका छन्। उनले भनेका छन्, भाजपा सिक्किम राज्य सरकार एवं पुलिस प्रशासनसमक्ष यस प्रकारका घटनारूलाई नियन्त्रण गर्न सतर्क एवं सक्रिय हुनुपर्ने माग गर्दछ। उनले शान्तिप्रिय सिक्किमेली समाजलाई पनि यस्ता हिंस्रक घटनाहरूविरूद्ध एक भएर आवाज उठाउनुपर्ने आह्वान पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement