नाम्ची: नाम्चीको भाइचुङ स्टेडियममा आज सिक्किम प्रिमियर लिगको दोस्रो चरणको प्रथम सेमिफाइनल खेल सम्पन्न भयो। आज मुख्यमन्त्री पीएस तामाङकी धर्मपत्नी कृष्ण राई मुख्य अतिथि रहेकी थिइन्।
उल्लेखनीय छ, यस प्रतियोगिताको आयोजना सिक्किम फुटबल डेभलपमेन्ट प्राइवेट लिमिटेडले गरिरहेको छ। गत ३ फरवरीदेखि आरम्भ भएको यस प्रतियोगिताको फाइनल खेल गान्तोकको पाल्जर स्टेडियममा आगामी ४ मार्चमा हुनेछ।
आजको खेलमा शुन्यको विरूद्ध एक गोल लगाएर सिङलिङ एससीले आक्रमण एससीलाई पराजित गऱ्यो। कार्यक्रममा साँकृतिक नृत्य आदि पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा जिल्लापाल अन्नापूर्ण आले, एसपी डा. टीएन ग्याछो, एसकेएम पार्टीका वरिष्ठ उपाध्यक्ष भोजराज राई, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई आदिको पनि उपस्थिति रहेको थियो।