सिक्किम: एसकेएमद्वारा केएन राईमाथि हमलाप्रति दुःख प्रकट, कारबाहीको माग

img-20230528-wa0320-5-300x172-3755807789096742254.jpg

गान्तोक: सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले पूर्व मन्त्री एवं वरिष्ठ राजनीतिज्ञ केएन राईमाथि आज मल्लीमा भएको आक्रमणप्रति दुःख प्रकट गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

एसकेएम प्रचार प्रसार सचिव रञ्जना प्रधानद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, समाजमा रहेका यस्ता कुतत्त्व जसले यसप्रकारको घृणित कामलाई परिणाम दिन्छन् तिनीहरूलाई पुलिस प्रशासनले चाँड़ोभन्दा चाँड़ो पक्राउ गरी कड़ा सजाय दिने पार्टी माग गर्दछ।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टी शान्त र सुरक्षित सिक्किमको निर्माणमा लागिपरेको छ भन्दै सिक्किमको शान्तिलाई खल्बलाउने यस्ता असामाजिक तत्त्वलाई झट्ट पक्राउ गरी कानुन बमोजिम सजाय दिइयोस् भनी एसकेएमले पुलिस प्रशासनसित माग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement