एसएसबीको ३६ बटालियनकाे हर घर तिरंगा र रक्तदान शिविर अभियान

गेजिङ: गेजिङल जिल्ला अस्पतालमा, जिल्ला एसएसबीको ३६ बटालियनले आजादीको अमृत महोत्सव अन्तर्गत हर घर तिरंगा अभियान आयोजन गऱ्यो। ३६ बटालियनका कमाण्डेन्ट दिनेशचन्द्र यादवको देखरेखमा आयोजित कार्यक्रम अन्तर्गत रक्तदान शिविर सम्पन्न गरियो।

शिविरमा एसएसबीका डेपुटी कमाण्डेन्ट निरूपेश कुमारसहित ३० जवानले रक्तदान गरे। यसैगरी, २० जना स्थानीय मानिसहरूले पनि रक्तदान गरेको बताइएको छ। यस अवसरमा स्थानीय मानिसहरूलाई २०० वटा राष्ट्रिय झण्डा पनि वितरण गरिएको थियो। उपस्थित सबैलाई हर घर तिरंगा अभियानबारे जागरूक गर्दै आगामी १३ देखि १५ अगस्तसम्म सबैलाई आआफ्नो घरमा तिरंगा फहराउन आह्वान गरियो।

36 बटालियनका डेपुटी कमाण्डेन्ट यादवले देशको 75औं स्वतन्त्रता दिवस मनाउन आजादीको अमृत महोत्सव अन्तर्गत १३ देखि १५ अगस्तसम्म हर घर तिरंगा आयोजन भइरहेको बताए। उनले यस दिन सबै सरकारी कार्यालय, घर, वाहन आदि ठाउॅंहरूमा राष्ट्रिय झण्डा लगाउनु पर्ने आह्वान गरे। यसैगरी, उनले सामाजिक सञ्जालहरूमा पनि राष्ट्रिय झण्डाको प्रयोग व्यापक रूपमा गर्नुपर्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *