सोरेङ: राज्यको मत्स्य पालन निर्देशालयको पहलमा आज सोरेङ जिल्ला अन्तर्गत अप्पर रूम्बुकमा रेन्बो ट्राउट माछाको बच्चा वितरण गरियो। उक्त कार्यक्रम प्रधानमन्त्री मत्स्य सम्पदा योजना वर्ष २०२१-२२ अन्तर्गत पालन गरिएको हो। यस माछाको बच्चा दा नर्बु शेर्पाको ह्याचेरीबाट ल्याइएको हो भने मत्स्य पालन विभागका संयुक्त निर्देशक लोब्जाङ तामाङ, सह निर्देशक योवा राज शर्मा लगायत अन्य अधिकारीहरूको उपस्थितिमा वितरण गरियो। आजको यस कार्यक्रममा अतर्गत २२ जना लाभार्थीहरूलाई ६०,००० माछाको बच्चा वितरण गरिएको जानकारी गराइएको छ।