सिक्किम: पूर्व विधानसभा अध्यक्ष तथा वरिष्ट एसडीएफ नेता केएन राईमाथि प्राणघातक आक्रमण

IMG-20240301-WA0213.jpg

गान्तोक: राज्यका एक वरिष्ट राजनीतिज्ञ, सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका नेता तथा पूर्व विधानसभा अध्यक्ष केएन राई माथि प्राणघातक आक्रमण भएको छ। एसडीएफ पार्टी सूत्रकाअनुसार उनीमाथि दक्षिण सिक्किमको मल्ली क्षेत्रअन्तर्गत माझी गाउँमा आक्रमण भएको हो। राईको साथमा एसडीएफ पार्टीका प्रवक्ता डा. शिव कुमार शर्मा अनि अन्य माथि पनि कुटपिट भएको छ। निक्कै गम्भीर अवस्थामा केएन राईलाई उपचारको लागि सिलगढ़ी लगिएको जान्नमा आएको छ।

एसडीएफ पार्टीले यस आक्रमणको पछि सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको हात रहेको आरोप लगाएको छ। एसकेएम पार्टीका सद्स्यहरूले केएन राई र डा. शिवकुमार शर्मामाथि आक्रमण गरिएको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा दावी गरिएको छ। घट्नाको घोर निन्दा जनाउँदै दोषीहरूलाई पक्राउ गरेर कड़ाभन्दा कड़ा कानुनी कार्यवाही गरिनुपर्ने पार्टीले माग गरेको छ। यसको साथै यस घट्नाले राज्यमा प्रजातन्त्र नभएको प्रमाणित गर्ने एसडीएफ पार्टीको भनाइ रहेको छ।

घट्नालाई लिएर एसडीएफ पार्टीले अज्ञात व्यक्तिहरू विरुद्ध मल्ली थानामा प्राथमिकी दर्ता गरेको छ। प्राथमिकीमा केएन राई अनि अन्यहरू मल्लीको माझी गाउँदेखि तल केराबारी मूल सड़कतिर झर्ने क्रममा आज दिउँसो २:३० देखि ३ बजी भित्रमा एसके ४ जेड ००१० नम्बर भएको एउटा जाइलो वाहनमा आएका ६-७ जना अज्ञात व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ। अज्ञात अपराधीहरूले केएन राई र डा. शिव कुमार शर्मा साथै चन्द्र खालिङ र भरत राईलाई पनि कुटपिट गरेको विज्ञप्तिमा थप उल्लेख गरिएको छ। प्राथमिकीको आधारमा मल्ली पुलिसले भारतीय दण्ड संहिताको धारा ३४१,३२४,३२६,४२६ र ३४ अन्तर्गत मामिल दर्ता गरेको छ। अर्कोतिर आक्रोषित एसडीएफ कार्यकर्ताहरूले आज साँझ अपराधीहरूलाई चाँडो पक्राउको माग गर्दै मल्ली थानाको घेराउ पनि गरेको थियो।

यस बीच गान्तोकको पार्टी मुख्यालयमा एसडीएफ पार्टीले एउटा पत्रकार सम्मेलन डाकेर मल्लीको घट्नाको कड़ा शब्दमा विरोध जनाउँदै अपराधीहरूलाई चाँड़ो पक्राउको माग गरेको छ। पार्टीका प्रवक्ता अरुण लिम्बू र प्रचार प्रसार महासचिव एमएन शर्माले राज्यमा एसकेएम पार्टीको सरकार आएदेखि राजनीतिक अपराधका घट्नाहरू बड़ेर गएको बताए। पार्टीका वरिष्ट उपाध्यक्ष, पूर्व मन्त्री तथा राज्य विधानसभाका पूर्व अध्यक्ष केएन राईलाई तलमाथि केही भएको खण्डमा एसेकज्एम पार्टी, सिक्किम सरकार र मुख्यमन्त्री प्रेम सिंह तामाङ जिम्मेवार हुने बताए। एसडीएफ पार्टीले आजको घट्नालाई सुनियोजित अनि राज्य प्रायोजित अपराध बताएका छन्। यसको साथै पार्टीले राज्यमा बड़दै गइरहेको यस प्रकारको अपराधिक घट्नाहरूलाई संज्ञाना लिएर राज्यमा राष्ट्रपति शासन लागु गरिनुपर्ने माग गरेको छ। अर्कोतिर आज नै एसडीएफ पार्टीले राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई एउटा ज्ञापन पनि बुझाएको छ जसमा संविधानद्वारा प्राप्त विशेष अधिकारको प्रयोग गरेर राज्यमा राष्ट्रपति शासन लागु गर्ने माग गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *