बंगाल: सिलगढीको छापाखानाबाट अवैध रूपमा प्रिन्टिङ गरिरहेको लटरी उद्धार

Screenshot_20240301_194339_Facebook.jpg

सिलगढी: सिलगढीको वार्ड नम्बर ४-को महाराजा कोलनी इलाकाको एउटा छापाखानामा अवैध रूपमा लटरी छपाइरहेको अभियोग पाएपछि पुलिसले आज अपरान्ह अभियान चलाएर केही कार्टुन लटरी जफत गर्नको साथै ४ जनालाई हिरासतमा लिएको छ। सिलगढी थाना पुलिसले आज उक्त छापाखानामा अभियान चलाएर नकली लटरीको सन्देहमा केही कार्टुन लटरी जफत गरेको छ। धेरै दिन अघिदेखि उक्त छापाखानामा लटरी छपाउने कार्य चलिरहेको थियो। उक्त छापाखानामा ३ वटा कम्पनीको लटरी छाप्ने गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *