बंगाल: गिध्द पहाड़मा सय दिने रोजगारको पैसा भुक्तानीको लागि धन्यवाद कार्यक्रम सम्पन्न

IMG-20240301-WA0180.jpg

खरसाङ: खरसाड खण्ड विकास कार्यालय अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एकको गिद्ध पहाडस्थित जीटीए सचिवालय कार्यालय परिसरमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा राज्यको कोषबाट खटि खाने श्रमिकहरूक लागि सयदिने रोजगारको आर्थिक अनुदान प्रदान गरिदिएकोमा पञ्चायत स्तरीय जागरूक अभियान एंव खुशी व्यक्त साथै धन्यवाद कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रमको अध्यक्षता घैयाबारी ग्राम पञ्चायत एकको पञ्चायत प्रधान रिना छेत्रीले गरेका थिए भने कार्यक्रमको सञ्चालन पञ्चायत कर्मचारी सतीस बरदेवाले गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण ईए अर्पण छेत्रीले राखेका थिए। कार्यक्रममा खरसाड गिद्ध पहाड समष्टिका अध्यक्ष पेमेन्द्र गुरूङ, सचिव भक्तिमान तामङ, मनोनीत सभासद प्रणाम रसाइली, खरसाड खण्ड पञ्चायत समितिको सभाधिपति अनु छेत्री प्रधान, पञ्चायत सदस्य मौसम तामाङ, खरसाड खण्ड कार्यालयको कर्मचारी साथै बीडीईएमओ राजीव ठटाल साथै पञ्चायत सदस्यहरू लगायत खरसाड महकुमा जीटीए जनसम्पर्क अधिकारी सुवास प्रधानले विशष रूपमा उपस्थित रहेका थिए। उक्त कार्यक्रममा अनु प्रधान, प्रणाम रसाइली, भक्तिमान तामङ, सुबास प्रधान आदिले सम्बोधन गरेका थिए भनी जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *