बंगाल: सोनादा डिग्री कलेजमा व्यावहारिक शिक्षामाथि कार्यशाला सम्पन्न

IMG-20240301-WA0178.jpg

सोनादा: विद्यार्थीहरूलाई पाठ्यक्रममा आधारित किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा पनि प्रदान गरिने उद्देश्य राखेर सोनादा डिग्री कलेजको कर्तृपक्षले कलेजमा यस्ता व्यवहारिक शिक्षाका नयाँ नयाँ कोर्सहरू पनि शुरु गर्ने उद्देश्यले कलेजमा ती कोर्सहरूबारे जानकारीको लागि विभिन्न कार्यशालाहरू सम्पन्न भईसकेको छ। कलेजका शिक्षक प्रभारी डा रागिनी थापाको अध्यक्षतामा सम्पन्न भएका यस्ता कार्यशालाहरूमा खरसाङका ग्लोरियस हस्पिटालिटी एण्ड म्यानेजमेन्ट इन्सटिट्युटका निर्देशक गगन लामाले विद्यार्थीहरूलाई हस्पिटालिटी म्यानेजमेण्टको उपयोगिता बारेमा जानकारी दिदैँ विद्यार्थीहरूलाई यस्ता कोर्सहरूले स्वरोजगारको दिशामा अघि बढाउन सहयोग गर्ने बताए। यसै म्यानेजमेण्ट संस्थानकी प्रशिक्षक तथा सोनादा डिग्री कलेजकै पूर्व विद्यार्थी जोशिला राईले पनि आफ्ना अनुभवहरू साझा गर्दै कलेजको पठन- पाठनपछि विद्यार्थीहरूले हस्पिटालिटी म्यानेजमेण्टको कोर्सहरू गर्न सकेमा विद्यार्थीहरूले विभिन्न क्षेत्रमा रोजगारका अवसरहरू पाउन सक्ने कुरो बताईन्। दार्जीलिङ पहाड पर्यटनको एक प्रमुख केन्द्र भएकोले हस्पिटालिटी म्यानेजमेण्टका कोर्स गरेका विद्यार्थीहरूले धेरै लाभ उठाउन सक्नेछन्। क्षेत्रीयदेखि राष्ट्रीय- अन्तरर्राष्ट्रीय क्षेत्रमा नै हस्पिटालिटीको धेरै अवसरहरू रहेको कुरो जनाईन्। त्यसरी नै बिउटी एण्ड वेलनेसको बारेमा सिपाईधुराकी सुष्मा थापाले पनि विद्यार्थीहरूलाई बताएकी थिईन्। बिउटी तथा वेलनेसको बारेमा ज्ञान भएकाहरूले विश्वको जुनै ठाउँमा गए पनि जीविका धान्न सक्ने कुरो बताइन्। कार्यशालाकै क्रममा कञ्चनजङ्गा सितोरियो कराते दो एसोसिशिएसन खरसााङका अध्यक्ष देवेेेन गुरुङले करातेका उपयोगिताहरू बारेमा जानकारी दिँदै यसले विद्यार्थीहरूलाई अनुशासित बनाउने साथै स्वास्थ्य र स्वसुरक्षाको क्षेत्रमा ठूलो मद्दत पुर्याउने कुरो बताए। करातेकै प्रशिक्षण लिईरहेकी विद्यार्थी सुश्री विदिता रावत छेत्रीले पनि आफ्ना अनुभवहरू साझा गरेकी थिईन्। कार्यशाला बारेमा जानकारी दिँदै  शिक्षक प्रभारी डा रागिनी थापाले कलेजमा सस्तोमा गुणस्तरीय यस्ता विविध कोर्सहरू पनि  सञ्चालन गरिने कुरो बताइन्। कलेजमा विद्यार्थीहरूको लागि  फूटबल प्रशिक्षणको व्यवस्थासंगै विभिन्न प्रकारका यस्ता प्रशिक्षणहरूद्वारा विद्यार्थीहरूलाई सबै क्षेत्रमा सुयोग्य बनाउने उद्देश्य रहेको कुरो जनाइन्। कलेजमा सञ्चालन हुने यस्ता हस्पिटालिटी म्यानेजमेण्टका कोर्सहरूमा कलेजका अन्तिम सत्रका विद्यार्थीहरूलाई शुल्कमा धेरै प्रतिशत छुट दिएर सुअवसर दिने व्यवस्था रहेको साथै बिउटी एण्ड वेलनेस कोर्स तथा कराते प्रशिक्षणमा पनि धेरै छुट रहेको जानकारी दिईन्। कलेजमा सञ्चालन हुने यस्ता नयाँ नयाँ कोर्सहरूले कलेजको उन्नतिमा साथै भविष्यमा न्याकमा पनि ठूलो सहयोग हुने कुरोमा विश्वस्त हुँदै सोनादाकै शैक्षिक विकासमा माईलखुट्टी हुन सक्ने पनि डा.रागिनी थापाले बताईन् भनी सोनादा डिग्री कलेजको प्राध्यापक मेघनाथ छेत्रीले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *