बंगाल: भागोप्रमो तीनधारे महानदी समष्टिद्वारा जोगमाया चियाबारीमा शाखा पसौं अभियान साथै शाखा गठन

IMG-20240301-WA0176.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान साथै शाखा गठनको लागि आज घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५१ जोगमाया चियाबारीमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत सदस्या चन्दना तामाङले गरेका थिए भने सञ्चालन महेश मंगरले गरेका थिए। उक्त सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टीको सांगठनिक सचिव एंव घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्य वाङ्दी लामा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत उप प्रधान केवल राई र सभाध्यक्षा पञ्चायत सदस्या चन्दना तामाङले सम्बोधन गरेका थिए। यसै सभामा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान साथै शाखा गठनको कार्यलाई निरन्तरता दिन्दै भागोप्रमो जोगमाया चियाबारी शाखा गठन गरिएको छ। उक्त शाखामा सभापति जीवन थापा, सचिव देबेन थापालाई चयन गरिएको छ भने गाउँको सबैलाई कार्यकारी सदस्यहरू चयन गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव एंव पञ्चायत समिति सदस्य वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *