बंगाल: खरसाङमा विद्यार्थीहरूलाई लिएर वातावरण सचेतनामाथि प्रदर्शनी र प्रतियोगिता सम्पन्न

IMG-20240301-WA0175.jpg

खरसाङ: खरसाङको सन्त अल्फन्सेस विद्यालयमा वातावरण सचेतना विषयमा विभिन्न स्कूलका विद्यार्थीहरूलाई लिएर प्रदर्शनी साथै प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रम पश्चिम बंगाल सरकारको पर्यावरण मन्त्रालय अन्तर्गत पर्यावरण कन्ट्रोल बोर्डको आयोजनामा सम्पन्न भएको छ। उक्त पर्यावरण विषयमा राखिएको प्रदर्शनी र प्रतियोगितामा जीटीए क्षेत्रका विभिन्न स्कूलहरू साथै जलपाईगुडी क्षेत्रका स्कूलहरूका विद्यार्थीहरूले पनि भाग लिएका थिए। यस कार्यक्रममा विद्यार्थीहरूले पर्यावरण सचेतना विषयमा विभिन्न मोडेलहरू प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले अतिथिहरूलाई पर्यावरण विषयमा राखिएको विभिन्न मोडेलहरूमाथि व्याख्या पनि गरेका थिए।

यसको साथै पर्यावरण विषयमा सचेतना सेमिनारको पनि आयोजना गरिएको थियो। यस कार्यक्रम विषयमा नेताजी हाई स्कूल घैयाबारीको शिक्षक प्रभारी दिनेश प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *