बंगाल: दार्जिलिङ वेलफेयर सोसाइटीको प्रतिनिधिहरीद्वारा खरसाङको रोहिणीस्थित वृध्दाश्रममा सामाग्रीहरू सहयोग

IMG-20240301-WA0169.jpg

खरसाङ: दार्जिलिङ वेलफेयर सोसाइटीको प्रतिनिधिहरू आज खरसाङको रोहिणीस्थित वृध्दाश्रममा पुगेर केही सर सामाग्रीहरू सहयोग प्रदान गरेका छन्। उक्त प्रतिनिधि टोलीले रोहिणीको वृध्दाश्रम निरीक्षण गरेर त्यहाँ रहेका वृध्द वृध्दाहरूलाई चाहिने न्यानो ब्ल्याङ्केटहरू प्रदान गरेका छन् भने आगामी दिनमा यस वृध्दाश्रमलाई चाहिने विभिन्न सर सामानहरू पनि उपलब्ध गराईदिने भएको जानकारी प्राप्त भएको छ। यसको साथै रोहिणीको वृध्दाश्रमका इन्चार्च उषाकान्त तामाङको अनुरोधमा दार्जीलिङ वेलफेयर सोसाइटीको अध्यक्ष हर्षवर्धन श्रृंखलाले पनि चाढ़ै यस वृध्दाश्रमको भ्रमण गरेर यहाँको विभिन्न समस्याहरू समाधान गरिदिने भएको जानकारी प्राप्त भएको छ। दार्जिलिङ वेलफेयर सोसाइटीको प्रतिनिधि टोलीले गरेको सहयोगप्रति इन्चार्ज उषाकान्त तामाङले आभार व्यक्त गरेकी छन्।

वृध्दाश्रमको वृध्द वृध्दाहरूको आशिर्वाद लागेको होस् भनेर प्रार्थना गरिदिने बताएकी छन्। त्यसरी नै यस वृध्दाश्रमलाई चाहिने अन्य विभिन्न सर सामानाहरू पनि चाढ़ै ल्याईदिने दार्जीलिङ वेलफेयर सोसाइटीको पक्षमा सन्त किशोर गुरुङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement