बंगाल: सांसद राजु विष्टको सहयोगमा ‘वी लभ तीनधारे’ लेख्नलाई भूमि पूजन कार्यक्रम सम्पन्न

IMG-20240301-WA0167.jpg

खरसाङ: खरसाङको तीनधारेमा सांसद राजु विष्टको सहयोगमा ‘वी लभ तीनधारे’ लेख्नलाई आज भूमि पूजन गरिएको छ। वर्तमान समयमा तीनधारेको मुटु मानिने साथै पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बनेको तीनधारेस्थित रेलवे कारखानामुनि रहेको एनएच ५५ को रोडमा ‘वी लभ तीनधारे’ लेख्नलाई आज भारतीय जनता पार्टी तीनधारे महानदी मण्डलको प्रतिनिधिहरू र घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्यहरूको उपस्थितिमा भूमि पूजन गरिएको छ। उक्त कार्यको थालनी आजदेखि नै शुरु भएर अबको केही दिनमा यहाँ ‘वी लभ तीनधारे’ लेखेर तयार हुने बताइएको छ। उक्त कार्यको लागि सम्पन्न भूमि पूजनमा भाजपा तीनधारे महानदी समष्टीको मण्डल सभापति उमेश प्रधान, मण्डल सचिव दिपराज माझी, युवा सभापति अभिजित दास, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य अजय विश्वकर्म लगायत अन्यहरू उपस्थित रहेका थिए।

उक्त वी लभ तीनधारे लेख्नलाई गरिएको भूमि पूजन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा मण्डल सभापति उमेश प्रधान, मण्डल सचिव दिपराज माझी र युवा सभापति अभिजित दासले बताए अनुसार भाजपा तीनधारे टोलीले यहाँ वी लभ तीनधारे लेख्नलाई दार्जिलिङका सांसद राजु विष्टलाई प्रस्ताव दिएपछि उनले छिट्टो होस् भनेर आफ्नै निजी कोषबाट राशि दिएपछि आज भूमि पूजन गरिएको बताएका छन्। उनीहरूले बताए अनुसार अब काम शुरु भएर पनि केही दिनमा यहाँ ‘वी लभ तीनधारे’ लेखेर तयार हुने भएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *