बंगाल: सय दिने रोजगारको पैसा भुक्तानी विषयमा घैयाबारीमा सचेतना कार्यक्रम सम्पन्न

IMG-20240301-WA0160.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनमा सय दिने रोजगारको पैसा भुक्तानी गरिएको विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। दुई वर्षसम्म केन्द्र सरकारले रोकेर राखेको सय दिने रोजगारको पैसा राज्य सरकारको पक्षमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले लेवरहरूलाई भुक्तानी गरिदिएको भन्दै सय दिने रोजगारको पैसा पस्नेहरूलाई शुभेच्छा पत्र प्रदान गरिएको छ। उक्त कार्यक्रम घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाको अध्यक्षता र खरसाङ खण्डको एलईओएमई याङ्की शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। घैयाबारीको नेताजी हाई स्कूलको प्रांगनमा सम्पन्न कार्यक्रमलाई पञ्चायत समिति सदस्य वाङ्दी लामाले सञ्चालन गरेका थिए। कार्यक्रममा पञ्चायत सचिव उदय कार्की, एलईओएमई याङ्की शेर्पा र पञ्चायत प्रधान सुष्मा वाईबाले सय दिने रोजगारको पैसा भुक्तानी विषय लगायत अन्य विषयहरूमा सचेतना गराउँदै सम्भाषण राखेका थिए भने गाउँलेको पक्षमा नवराज प्रधान र बिपन विश्वकर्मले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा स्वागत सम्भाषण पञ्चायत सदस्य अनिल कुमार तामाङले राखेका थिए भने सागर तामाङले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा सय दिने रोजगारको पैसा भुक्तानी भईसकेको लाभार्थीहरूलाई सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट शुभेच्छा पत्रहरू प्रदान गरिएको छ। घैयाबारी ग्राम पञ्चायत तीनमा २०२१-२२ को सय दिने रोजगारको पैसा ८५५ जना लाभार्थीहरूलाई जम्मा ४८ लाख २६ हजार ३ सय ६२ रूपियाँ भुक्तानी गरिएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्य वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराउँदै आजको कार्यक्रममा २०२१-२२ को सय दिने रोजगारको पैसा भुक्तानी गरिएको विषयमा सचेतना गराइएको बताउँदै केन्द्र सरकारले रोकेर राखेको पैसा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले हालिदिएको बताए। यसको लागि उनले धन्यवाद दिन्दै अब पश्चिम बंगाल सरकारको तर्फबाट कर्मश्री प्रकल्प पनि शुरु गरिएको जसमा ५० दिन काम पाउने जानकारी गराएका छन्।

उनले जसको खातामा पैसा पसेको छैन उनीहरूले पञ्चायत कार्यालयमा राखिएको हेल्प डेक्समा आएर जानकारी गराउने अनि पैसा पसेको नपसेको विषयमा ब्यांकमा एकाउन्ट चेक गर्ने सुझाव पनि राखेका छन्। कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्या कुसुम तामाङ साथै सबै ग्राम पञ्चायत सदस्य सदस्याहरू पनि उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *