बंगाल: लाब्दा ग्राम पंचायतमा ग्राम सभा सम्पन्न

IMG-20240301-WA0146

मङपू: मङपू लाब्दा ग्राम पंचायत कार्यलयमा प्रधान सरोजनी राईको अध्यक्षतामा एक ग्राम सभा सम्पन्न भयो। लाब्दा ग्राम पंचायत सचिव रमेश प्रधानले संचालन गरेको सभामा लाब्दा ग्राम पन्चायतको नौ वटा वार्डका सदस्यहरु आजको ग्राम सभामा उपस्थित  थिए। पश्चिम बंगालमा गत दुई वर्षदेखि सय दिने रोजगारको वेतन पाएको थिएनl राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले आज  सय दिने रोजगारको वेतन दिएकोमा  ग्राम पन्च्यात समिति सदस्य चमन प्रधान र पंचायत समिति  सदस्य किरण  पाख्रीनले राज्यकी  मुख्यमन्त्री ममता ब्यानर्जी अनि खण्ड विकास कार्यलय अधिकारी अनि ग्राम पंचायत अधिकारीलाई आभार प्रकट गरेका छन्। ग्राम सभा मार्फत पंचायत सचिव रमेश  प्रधानले राज्य सरकारले सय दिने रोजगार योजनाको वेतन दिलाउन सँगै आउँदो मई महीना देखि लक्ष्मी भण्डारको  मासिक पैसा अनुसूचीत जातिका  महिलाहरुले एक हजारको ठाउँमा बडोत्तरी  भएर १२ सय अनि जेनेरल महिलाहरुले पाँच सयको सट्टामा १००० पाउने कुरा आजको ग्राम सभाबाट सबैलाई औगत गराएl ग्राम सभामा यसरी भारी संख्यामा उपस्थिति दिएकोमा लाब्दा ग्राम पंचायतका सम्पूर्ण  सदस्यहरुलाई आरआर तक्दाह खण्ड कार्यलयबाट आएका अधिकारी सोनाम छिरिङ लेप्चाले आभार व्यक्त  गरे भने ग्रामवासीको पक्षमा अर्जुन  तामाङले वक्तव्य राखे।

पंचायतकर्मी सुजित थापाले आज  ग्राम सभामा उपस्थित  सबैलाई सरकारद्वारा बाड्न भनी दिएको लिफपलेटहरु वितरण गरे भने ग्राम सभामा पंचायत उपसभापति  सुबर्श तामाङ  अनि साबि पंचायत सदस्यहरुको  उपस्थित  रहेको थियो। ग्राम सभामा राज्य  सरकारले सयदिने रोजगारको कार्य प्रणाली अनि  सय दिने रोजगार निम्ति गरीब श्रमिकहरुलाई वेतन कसरी प्रदान  गरे भन्ने बारेमा प्रोजेक्टर मार्फत  ग्राम सभामा उपस्थित सबैलाई प्रदर्शन गरे। लाब्दा ग्राम पंचायत वार्ड  नम्बर नौका सदस्य दीपेश गुरुङले  सय दिने रोजगारको वेतन आज नै आफ्नो ब्यन्क खाता पसेको बताउँदै सय  दिने रोजारको पैसा यसरी प्रदान  गरिएकोमा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गरे।आज नै यहाँको रोङचोङ अनि रेसेप ग्राम पंचायतमा पनि ग्राम सभा सम्पन्न भएको  थाहा लागेको छ। स्मरण रहोस् आजसम्म भारतीय स्टेट ब्यांक साथै केन्द्रीय ब्यांकको खाताधारीहरुको सयदिने रोजगारको वेतन पसेता पनि ग्रामीण ब्यांक अनि अन्य ब्यांकको खाताधारीको खातामा भने सयदिने रोजगारको वेतन भुक्तान हुन केही समय लाग्ने थाहा लागेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *