इम्फाल: मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरूका संवेदनशील तथा दुर्गम क्षेत्रहरूमा गहन छापामारी एवं खोजी अभियान चलायो। यस अभियानको अवधिमा भारतीय न्याय संहिताको अलग अलग धाराहरूको उल्लंघन गरेको सिलसिलामा १५५ जना मानिसहरूलाई हिरासतमा लिइयो। पुलिसले आज बताएअनुसार, आवश्यक वस्तुहरू लगायत राष्ट्रिय राजमार्ग-३७ मा ३५५ अनि राष्ट्रिय राजमार्ग-२ मा ४१६ वटा वाहनहरूको आवागमन सुनिश्चित गरिएको छ। वाहनहरूको स्वतन्त्र एवं सुरक्षित आवागमन सुनिश्चित गर्नको लागि संवेदनशील स्थानहरूमा सुरक्षाको व्यापक प्रबन्ध गरिएको छ भने संवेदनशील क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। यसरी नै राज्यका पहाड़ी एवं उपत्याका दुवै जिल्लाहरूमा १३२ नाका अनि जाँच चौकीहरू स्थापना गरिएको छ। -हिस