बंगाल: डम्पर नियन्त्रण बाहिर गएर अलिपुरद्वारको घरमा पस्यो

Accident-Rep-Image

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लक अन्तर्गत राधानगर इलाकामा ढुङ्गाले भरिएको एउटा डम्पर नियन्त्रण बाहिर गएर एउटा घरमा ठोक्कियो। यद्यपी यस घटनामा कुनै हताहतीको खबर आएको छैन। आज असम नम्बरको एउटा डम्पर ढुंगा बोकेर बरोबिशा जाँदै गरेको बताइएको छ।
त्यसपछि डम्पर अनियन्त्रित भई राधानगर मोडको कुलकुली पुल क्षेत्रमा रहेको सौरभ बर्मन नामका व्यक्तिको घरमा पसेको थियो। जसका कारण एउटा घरमा क्षति पुगेको छ। घटनाको समयमा घरमा कोही थिएनन्। यसबाट कुनै हताहतीको खबर आएको छैन। यता, घटनाको जानकारी पाउनासाथ बारोबिशा थानाका पुलिस घटनास्थलमा पुगेर डम्परलाई नियन्त्रणमा लिएको छ। घटनाबारे बारोबिसा थानाले अनुसन्धान सुरु गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *