बंगाल: विवाहको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा युवक पक्राउ

wedding

सिलगढी: विवाह गर्ने प्रलोभन देखाएर महिलासित धेरैपल्ट शारीरिक सम्बन्ध बनाएको आरोपमा एकजना युवकलाई पुलिसले पक्राउ गरेको छ। पीडित महिलाले थानामा आरोप दर्ता गरेपछि नै उटी व्याक्तिलाई पक्राउ गरेको बताइएको छ। पीडित महिलाको सामाजिक सुरक्षालाई ध्यानमा राखेर यहाँ आरोपी युवकको नाम खुलाइएको छैनl पक्रा परेका युवक सिलगढी क्षेत्रको बासिन्दा रहेको बताइएको छl युवक काम गर्ने ठाउँमा ती महिला पनि काम गर्थिन्l धेरै समयसम्म एकैसाथ काम गरेको हुनाले दुवैबीच प्रेम सम्बन्ध भयो। युवकले विवाहको झुटो प्रलोभन देखाएर महिलासित निक्कैपल्ट शारीरिक सम्बन्ध बनाएको आरोप रहेको छ। यसका साथै शारीरिक सम्बन्ध बनाएका कारण महिला गर्भवती भएपछि युवकले विवाह गर्न अस्वीकार गरेर महिलासित झगडा गरेको समाचार छ। यसपछि महिलाले बिहिबार एनजेपी पुलिस स्टेशनमा युवकविरूद्ध लिखित अभियोग दर्ता गरे। उक्त अभियोगको आधारमा पुलिसले आरोपी युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *