बंगाल: डकैतीको योजना बनाउनेहरु मध्ये चारजना पक्राउ

Capture3.png

सिलगढी: सिलगढी पुलिसले अभियान चलाएर डकैतीको योजना बनाउनेहरु मध्ये चारजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा नन्दू तिर्की (२६), विशाल रावत (२३), त्रिदेव महन्त (२५) र विकास सहनी (१९) सामेल छन्। यी सबै सिलगढी संलग्न इलाका निवासी हुन् भनी थाहा लागेको छ। प्राप्त जानकारी अनुसार बिहिबार राति पुलिसले बागराकोर्ट बस स्टयान्ड इलाकामा केही बदमाशहरू भेला भएको गोप्य सूचना पायो। यसपछि उक्त सूचनाको आधारमा सिलगढी थानाको एन्टी क्राइम विङ्गले डकैतीको योजनालाई विफल पार्दै घटनास्थलबाट चार जनालाई पक्राउ गरेको छ। केही बदमाशहरू रातको अन्यालारोको फाइदा उठाकर भाग्न सफल भएको बताइएको छ। आरोपीहरूबाट पुलिसले हतियार, फलामको रड अनि ताला काट्ने उपकरण उद्धार गरेको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले अन्य बदमाशहरूको पनि खोजी गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *