इरानमा आज आम निर्वाचन

iran

इरानमा आज आम निर्वाचन हुँदैछ। सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरु सामना गरिरहेकाले यो चुनावलाई लोकतान्त्रिक सुधारको रुपमा हेरिएको छ। इरानको संसदको २९० सिटका लागि १५ हजारभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन्। शिया मुस्लिमहरुको बाहुल्यता रहेको देशमा आजको निर्वाचनले त्यहाँको सर्वोच्च नेता चुन्ने छ,  जसले इरानको आउँदो राजनीतिक भविष्य सुनिश्चित गर्ने ठानिएको छ। संसदमा पाँच सिट धार्मिक अल्पसंख्यकका लागि आरक्षित छन्। संसदीय निर्वाचन बाहेक इरानका जनताले आज ८८ सिट भएको विज्ञहरुको सभाका लागि पनि मतदान गर्नेछन्। आठ वर्षको कार्यकालको यो प्यानलले अर्को सर्वोच्च नेता नियुक्त गर्नेछ। इरानको सर्वोच्च नेतामा अली खामीनी रहेका छन्। प्रत्येक चार वर्षमा हुने चुनावमा निर्वाचित हुनका लागि ५० प्रतिशत बढी मत ल्याउनु पर्ने व्यवस्था छ। पहिलो पटकमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पाउन असफल भएमा दोस्रो चरणमा शीर्ष दुई बीच चुनाव हुन्छ। ८.५ करोड जनसंख्या भएको इरानमा ६.१२ करोडभन्दा बढी जनता वालिग मतदाताको रुपमा रहेका छन्। चुनावका लागि ५९ हजार मतदान केन्द्र तोकिएको छ भने तेहरानमा मात्रै पाँच हजार मतदान केन्द्र स्थापना गरिएको छ। चुनावका लागि इरानमा साढे दुई लाख सुरक्षाकर्मी परिचालन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement