ट्रायलपछि सीनियर पहलवानहरूका राष्ट्रिय शिविर हुने

IMG-20240229-WA0217.jpg

नयाँ दिल्ली: लगभग १५ महिनापछि भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-ले सीनियर राष्ट्रिय शिविरको तयारी गरिरहेको छ अनि किसान आन्दोलनले गर्दा शिविर पटियालाको बद्ली दिल्लीमा हुनसक्छ। डब्ल्यूएफआई-को राष्ट्रिय शिविर जनवरी २०२३-देखि बन्द रहेको छ जब देशका तीन शीर्ष पहलवानहरूले तत्कालीन अध्यक्ष बृजभूषण शरण सिंह विरुद्ध यौन उत्पीड़नको आरोपहरूलाई लिएर विरोध प्रदर्शन शुरु गरेका थिए। डब्ल्यूएफआई-को निलम्बनपछि कुश्तीको दैनिक कामकाज सम्हालिरहेको तदर्थ समितिले जयपुरमा आफ्नो राष्ट्रिय च्याम्पियनशीप गराएपछि रोहतक (पुरुष) र पटियाला (महिला) -मा अभ्यास शिविर शुरु गऱ्यो। युनाइटेड वर्ल्ड रेसलिंग-द्वारा निलम्बन फिर्ता लिइएपछि डब्ल्यूएफआई-ले बिशकेकमा ११-देखि १६ अप्रेलसम्म हुने एशियन कुश्ती च्याम्पियनशीप अनि १९-देखि २१ अप्रेलसम्म हुने उपमहाद्वीपीय ओलम्पिक क्वालीफायरको निम्ति राष्ट्रिय टीम चयन गर्न ट्रायलको घोषणा गरेको छ। डब्ल्यूएफआई अध्यक्ष सञ्जय सिंहले भने, ट्रायलपछि हरेक वर्गका शीर्ष चार पहलवानहरूलाई राष्ट्रिय शिविरमा बोलाइनेछ। हामीले अहिलेसम्म शिविरको स्थान तय गरेका छैनौं। सूत्रबाट थाहालागे अनुसार, सोनीपतको साई केन्द्रमा पुरुष अनि दिल्लीको आईजी स्टेडियममा महिला वर्गको शिविर हुनसक्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *