केन्द्रीय मन्त्री डा. विरेन्द्र कुमार द्वारा ओबीसी छात्राबासको उदघाटन

IMG-20240229-WA0221.jpg

गान्तोक: केन्द्रीय सामाजिक न्याय मन्त्री डा. विरेन्द्र कुमारले आज बुर्तुक कलेजमा एकसय बेडको ओबीसी छात्रावासको उद्घाटन गरे। भर्चुअल उद्घाटन कार्यक्रम सिक्किम सरकारको समाज कल्याण विभागद्वारा आयोजित गरिएको थियो। यो छात्रावास भारत सरकार, सामाजिक न्याय र अधिकारिता मन्त्रालयको अनुदान अन्तर्गत ओबीसी र अन्यका लागिनिर्माण गरेको हो। सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयको लक्ष्य समावेशी समाज निर्माण गर्ने रहेको छ। जसमा सदस्यहरूले आफ्नो वृद्धि र विकासमा पर्याप्त सहयोग गरी उत्पादनशील, सुरक्षित र सम्मानजनक जीवनयापन गर्न सक्नेछन्। किशोर प्रधान, अतिरिक्त सचिव, समाज कल्याण विभागले आवास चुनौतिहरू सम्बोधन गर्न होस्टलको आवश्यकतालाई प्रकाश पार्दै यो उद्घाटनले क्षमता विकासको वातावरण सिर्जना गर्ने बताए। उनले विद्यार्थीहरुलाई उपलब्ध सुविधाको सदुपयोग गर्न आग्रह गरे। आफ्नो सम्बोधनमा समाज कल्याण विभागका उपनिर्देशक वैष्णव गजमेरले यस योजनाको रूपरेखा प्रस्तुत गर्दै देशव्यापी रूपमा एकैसाथ हुने यस्तै कार्यक्रमहरूको बारेमा जानकारी गराए। उनले छात्रावासले मुख्यतया ओबीसी विद्यार्थीहरूलाई लाभ पुग्ने र अपाङ्गता भएका विद्यार्थीहरू र अन्यका लागि कोटाहरू पनि आरक्षित रहेको बताए। बुर्तुक कलेजका उपप्राचार्य डा नरेन्द्र खरेल, डीन डा विङ्केला भोटिया, समाज कल्याण विभागका अधिकारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *