गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादद्वारा रचित पुस्तकहरु बिहारको राजधानी पटनास्थित गान्धी मैदानमा लोकार्पण गरिएको छ। स्मृति साक्ष्य मेरा जीवन-अविरल गंगा अनि अभिनन्दन स्मारिका-गंगार्पण को लोकार्पण समाहरोहमा सिक्किमका मुख्यमन्त्री पीएस तामाङ पनि आमन्त्रित थिए। साथै सिक्किमका मन्त्रीद्वय एमएन शेर्पा अनि अरुण उप्रेतीको पनि सहभागिता रहेको थियो। उक्त समाहरोहमा बिहारका राज्यपाल ङ्गागु चौहान, केन्द्रीय भाजपा अध्यक्ष जेपी नड्डा, बिहार राज्यका उप-मुख्यमंत्रीद्वय श्रीमती रेणु देवी अनि तारकेश्र्वर प्रसादजी लगायत अन्य केंद्रीय मंत्रीगण, विधायकगण अनि अन्य दिग्गज नेताहरुको पनि उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनमा मुख्य मन्रीेो पीएस तामॉंगले बिहार अनि सिक्किम राज्यको मैत्रिक सम्बन्ध अति असल रहेको अनि यस सम्बन्धलाई अझ सुदृढ़ बनाउन उत्कृष्ट पाइलाहरु चाल्नु पर्ने कुरोमा उपस्थित जनसमुहलाई बताए। राज्यपाल गंगा प्रसादलाई पनि पुस्तक लोकार्पण भएबापत बधाई पनि दिए।