अबिरल वर्षाले राज्यका विभिन्न क्षेत्रहरूमा निकै क्षति

पाकिम: अबिरल वर्षाले राज्यका विभिन्न क्षेत्रहरूमा निकै क्षति पुऱ्याएको छ। पैह्रोले धेरै ठाउॅंहरूमा यातायात अवरूद्ध बनेका छन् भने जनजीवन पनि प्रभावित बनेका छन्।

पाकिम जिल्ला अन्तर्गत छलमथाङ मामरिङ तारेथाङ रोडाथाङ मार्गमा हिजो गएको पैह्रोले निकै क्षति गरेको छ। सम्बन्धित विभागीय अधिकारीहरूले हिजो नै प्रभावित क्षेत्रको निरीक्षण भ्रमण पनि गरे। तर, लगातार पैह्रो झरिरहेकाले काम गर्न सकिएन, जस कारण यातायात ठप्प रह्यो।

एसडीएम, मुख्यालयले जन कार्य विभागलाई तत्काल हिलो, माटो अनि ढुङ्गाहरू हटाएर यातायात सुचारू गर्न निर्देश दिएको छ। निर्देश अनुसार विभागले बाटो सफा गरेपछि यातायात सुचारू बनेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement