सिक्किम: मुख्यमन्त्रीले विपक्षमा शुन्यता छाएको देख्नु उनको सत्ता मोहको पराकाष्ठाः एसडीएफ

n5875859721709224382344fdb3523e55136d3be7759e6ead72941b41fa73a9abbf500f70a7573cf0e56f42.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्रीले विपक्षमा शुन्यता छाएको देख्नु उनको सत्ता मोहको पराकाष्ठा हो भनी एसडीएफ पार्टीले बताएको छ। मुख्यमन्त्रीले विपक्षलाई नदेख्नु उनको सत्ताको अहंकार बोलेको हो भनी एसडीएफ ठहर पनि गरेको छ।

एसडीएफ प्रचार प्रसार उपाध्यक्ष कृष्ण खरेलले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, एसडीएफ पार्टीले विपक्षको धर्म र कर्म निरन्तर रूपमा निर्वाह गर्दै आएको सिक्किमे जनतालाई थाहा छ। अहिले साँढे चार वर्षसम्म जनतालाई सुकाएर केही सहुलियत वितरण गर्दा लागेको भीड देखेर मातिएका मुख्यमन्त्रीले विपक्षलाई नदेख्नु उनको दृष्टि दोष र सत्ता दोष हो।

एसकेएम सरकारको जनभरोसा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा बुधवार मुख्यमन्त्रीले सिक्किम विपक्ष छैन भनेर गरेको टिप्पणीको एसडीएफ खण्डन गरेको छ। खरेलले अझ भनेका छन्, अहिलेघरि सिक्किममा लोकतन्त्रको अपहरण भएको अवस्था रहेको छ। सरकारले सरकारी तन्त्र र प्रशासनको दुरूपयोग गरिरहेको छ। एसडीएफ पार्टी सदैव जनताको साथ र माझमा छ।

एसडीएफ पार्टीले आगामी ४ मार्चका दिन पश्चिम सिक्किमको लेकसेप मैदानमा आफ्नो ३२औं स्थापना दिवस भव्यतासित मनाउने तय गरेको विज्ञप्तिमा जनाइएको छ। यस अवसरमा सिक्किमका सम्पूर्ण जनतालाई उपस्थित भएर लोकतन्त्रको रक्षा गर्न र सिक्किम बचाउ अभियानलाई बलियो बनाउन एसडीएफ पार्टी अपील पनि गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *