सिक्किम: मुख्यमन्त्रीले ‘खेलो इण्डिया स्टेट सेन्टर अफ् एक्सीलेन्स’ को उद्घाटन गरे

n587585982170922428657732260c6a366e17140f27744554fe1bafba0cab4f712f11a20e34029e29ef44e6.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोक नजिक खेलगाउॅं, रेशीथाङमा आज ‘खेलो इण्डिया स्टेट सेन्टर अफ् एक्सीलेन्स’ को उद्घाटन गरे। यसैगरी, उनले सिन्थेटिक ट्र्याक एण्ड फिल्ड, अर्चेरी फिल्ड, बक्सिङ एरिना आदि पूर्वाधारहरूको पनि उद्घाटन गरेका छन्।

यस अवसरमा खेल मन्त्री साम्डुप लेप्चा, शिक्षा मन्त्री केएन लेप्चा, कृषि मन्त्री लोकनाथ शर्मा, खेल एवं युवा मामिला विभाग सचिव राजु बस्नेत, सिच्छे वार्डकी पार्षद कला राई तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा वर्तमान सरकारले खेलकुदलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए। उनले खेलकुदलाई राजनीतिदेखि टाडा राख्नु पर्ने विचार व्यक्त गर्दै खेलाडीहरूलाई आफ्नो रूचीको क्षेत्रमा समर्पित बनेर अगाडि बढ्न प्रोत्साहित गरे। उनले आगामी दिनहरूमा पनि राज्यका खेलाडीहरू र खेल संस्थाहरूलाई समर्थन गरिरहने वचन दिए।

सचिव बस्नेतले यो नयॉं पूर्वाधार विभागका साथै खेलाडीहरूको निम्ति पनि एउटा सम्पत्ति रहेको बताए। उनले खेलमुखी नीतिहरूका लागि राज्य सरकारप्रति कृतज्ञता व्यक्त गर्दै यसले राज्यमा खेल संस्कृतिको विकास गर्नुका साथै खेलाडीहरूलाई अगाडि बढ्न मद्दत गरिरहेको छ भनी बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *