बंगाल: भाजपा, हाम्रो पार्टी अनि स्वतन्त्र पञ्चायत अनि पञ्चायत समिति सदस्यहरू भागोप्रमोमा सामेल

IMG-20240229-WA0204.jpg

राजनैतिक रूपमा सचेत हुनेहरू हामीसित जोडिन्दैछन्: अनित थापा

सिलगढी: पिन्टेल भिलेजमा आयोजित एक भेटघाट कार्यक्रममाझ भाजपा, हाम्रो पार्टी अनि स्वतन्त्र ग्राम पञ्चायत अनि पञ्चायत समितिका निर्वाचित सदस्यहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सामेल हुने सदस्यहरुलाई पार्टीका स्वागत गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, “तपाईहरु राजनैतिक रूपमा सचेत हुनु भयो। त्यसैले आज भागोप्रमोमा सामेल हुनु हुँदैछ। अब भोट हाल्ने अनि हाल्नेमाझ पिसिनु हुँदैन। बीचमा रहेर काम गर्नुहोस्।”
थापाले पुनः भने, “जीटीएको चुनावमा हामीले पञ्चायती व्यवस्था फर्काई ल्याउँछौं भनेको वचन अनुसार हामीले पञ्चायती चुनाव पनि गरायौं। तर मैले देखे कि पञ्चायती चुनाव गाउँ फुटाउने चुनाव हुँदो रहेछ।राजनीति बुझ्ने शुरुवाती ठाउँ पञ्चायत रहेछ। पावरमा बसेको पार्टीमा आउनु भएको छ अब झन काम बढेर जानेछ। आज सामेल हुनेहरुमा सजित दर्नाल (स्वतन्त्र) घुम्ती चिया बगान महानदी ग्राम पञ्चायत सदस्य,
रञ्जना छेत्री (भाजपा) जंगपाना चिया बगान, महानदी ग्राम, पञ्चायत सदस्य उपेन्द्र राई (स्वतन्त्र) सिपाहीधुरा चिया बगान, शिव खोला ग्राम पञ्चायत सदस्य रहेका छन्। त्यसरी नै रङ्ली रङ्लियट ब्लक, ग्लेनबर्न समष्टिबाट राजेश सुब्बा, पञ्चायत समिति सदस्य, मानेडाँडा ग्राम पञ्चायत (भाजपा): रोशनी तामाङ्ग, ग्राम पञ्चायत सदस्य, मानेडाँडा ग्राम पञ्चायत (हाम्रो पार्टी) प्रजिता चाम्लिङ, ग्राम पञ्चायत सदस्य, सिङ्ग्रीताम पञ्चायत (हाम्रो पार्टी), सुष्मिता शेर्पा, पञ्चायत समिति सदस्य, लामा हट्टा ग्राम पञ्चायत (भाजपा)
रश्मी राई, पञ्चायत समिति सदस्य, रोङचोङ ग्राम पञ्चायत (स्वतन्त्र)। पार्टी अध्यक्ष अनित थापाले सबैलाई खादा अर्पण गरी पार्टीमा सामेल गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *