३१ जुलाईः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टको दोस्रो दिन आइतवार दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टको पहिलो म्याचमा खरसाङ नगरपालिकाले आईटीआई टुंगलाई ८-१-ले पिट्यो। यसरी नै दोस्रो म्याचमा डीएचआर तीनधारेले सीएएफई (पुरानो रेञ्जर कलेज) विरुद्ध ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। टुर्नामेण्टको फाइनल ८ अगस्तमा हुनेछ। आजका म्याचहरूमा रेफरीको भूमिका राजु छेत्री रहेका थिए। यसरी नै सहायक रेफरीको भूमिकामा अरविन्द छेत्री र अभिषेक ठटाल थिए। सुरेन राई फोर्थ अफिसियल रहेका थिए।