बंगाल: भारतीय मानवाधिकार एसोसिएसनद्वारा पुलिस अधिकारी र महकुमा शासकसँग सौहार्दपूर्ण भेटघाट

IMG-20240229-WA0202.jpg

खरसाङ: भारतीय मानवाधिकार एसोसिएसन, खरसाङका पदाधिकारीहरूको एउटा टोलीले खरसाङ महकुमा शासक भन्दवासी तेजा दीपक, आईएएससँग उनको कार्यालयमा सौहार्दपूर्ण भेटघाट गरेको छ। त्यसरी नै खरसाङ आईसी पलस महन्तोसँग पनि टोलीले भेट गरेका छन्। एशोसिएसनका खरसाङ प्रभारी साथै जिल्ला उपाध्यक्ष ज्योतिकुमार मुखियाले जानकारी दिँदै भने, “उहाँहरु खरसाङमा भर्खर मात्र स्थान्तरण भएर आउनु भएको हो। नयाँ अधिकारीहरूसँग भेटघाट गरेर हाम्रो कार्य विषय उहाँलाई जानकारी दिनु साथै उहाँलाई स्वागत गर्न हामी भेट्न गएका थियौं।”
मुखियाले भेटघाट विषय थप जानकारी दिँदै भने, “भेटघाट समय महकुमा शासकले एशोसिएसनको क्रियाकलापमाथि जानकारी लिएका छिए। मानव अधिकार एशोसिएसनले विगत दुई वर्षदेखि मानव अधिकारमाथि विद्यार्थी, पाठशालाहरूमा जागरूकता कार्यक्रम गरिरहेको जानकारी दियौं।”
खरसाङको महकुमा शासक दीपकले भेटघाट समय भने, “चुनाव घोषणा हुनु लागेको छ। मतदान हरेक नागरिकको अधिकार हो। यस अधिकारलाई सबै मतदाताले प्रयोग गर्नुपर्छ। युवा मतदाताहरू चुनाव भन्ने बित्तिकै रुष्ट बन्छन्। उनीहरूलाई मतदानको महत्व बुझाउन मानव अधिकारले पहल गर्नुपर्छ।”
महकुमा शासकले जानकारी दिए अनुसार नेत्रहीन मतदाताको निम्ति पनि ब्रेलको प्रयोग गरेर मतदान गराइने सुविधा प्राप्त छ। त्यसरी नै सेनाका मतदाताले पनि यही बसेर मतदान दिन सक्नेछन्। यी कुराहरूको जागरूकता हामीले घर घरमा पुर्याउनु पर्नेछ।

मुखियाले जानकारी दिए अनुसार भविष्यमा मतदानको अधिकारमाथि एशोसिएसनले कार्य गर्नेछ। आज भेटघाट गर्न गएका टोलीमा मानव अधिकारका सदस्यहरुमा ज्योति कुमार मुखिया, खरसाङ प्रभारी, सरोज चौहान, खरसाङ प्रभारी, सङ्गिता प्रधान, मिनोती राय, सर्वर आलम अनि राजकुमार रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *