बंगाल: भागोप्रमो तीनधारे महानदी समष्टिको पहिलो शाखा पसौं अभियान सिलिम हिलमा सम्पन्न

IMG-20240229-WA0194.jpg

खरसाङ: भागोप्रमो तीनधारे महानदी समष्टिको पहिलो शाखा पसौं अभियान साथै शाखा गठनको लागि घैयाबारी ग्राम पञ्चायत तीनको सिलिम हिलमा सम्पन्न भएको छ। उक्त सभा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत सदस्या मिट्ठु लामा बलको अध्यक्षता र सम्पल राईको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो केन्द्रीय सदस्य एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्य वाङ्दी लामा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई आदिले सम्बोधन गरेका थिए। सभामा शाखा पसौं अभियान अन्तर्गत सिलिम हिल शाखाको लागि प्रताप परियारलाई सभापति अनि युर्गेन लामालाई सचिवको रूपमा चयन गरिएको छ। अब आगामी आईतबार सिलिम हिल शाखामा सबैलाई लिएर सभा सम्पन्न गरेर पूर्णाकं शाखा गठन गरिने जानकारी प्राप्त भएको छ। सभामा भागोप्रमोको सांगठनिक गतिविधि र विभिन्न क्रियाकलापहरू साथै आगामी दिनको रणनीतिहरू विषयमा चर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको पदाधिकारीहरू र सिलिम हिल शाखाको प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्य वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement