खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भानु टोल खरसाङ र युवराज ईलेभेन बिजय भएको छ। आज भएको पहिलो खेल भानु टोल खरसाङ र नवज्योति संघ चुनभट्टीमाझ सम्पन्न भएको थियो। यस खेलमा टस जितेर चुनभट्टीले पहिला व्याटिङ गर्दै १४ ओभर ५ बलमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो। चुनभट्टीको पक्षमा अनुराग लकान्द्रीले सर्वाधिक ४४ रन बनाएका थिए भने भानु टोलको पक्षमा राणाले ४ विकेट, अभिषेक गोयलले ३ र सत्यले २ विकेट प्राप्त गरेका थिए। ११५ रनको लक्ष्यलाई खेदो गर्दै भानु टोल खरसाङले ११ ओभर ४ बलमा २ विकेट गुमाएर 8 विकेटले सजिलै लक्ष्यलाई हाँसिल गरेका थिए। भानु टोलको पक्षमा रमन तामाङले नट आउट ५५ रन र राणाले २३ रन बनाएका थिए। त्यसरी नै दोस्रो खेल गाडीधुरा र युवराज ईलेभेन तीनधारेमाझ सम्पन्न भएको थियो। गाड़ीधुराको टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएका थिए। गाडीधुराको पक्षमा रबीन लोहारले २८ र विशालले २० रन बनाएका थिए। युवराज ईलेभेनको पक्षमा अनित थापा र कृष्ण पोर्तेलले ३-३ विकेट र सञ्जयले २ विकेट लिएका थिए।
१२७ रनको लक्ष्यलाई खेदो गर्दै युवराज ईलेभेन तीनधारेले केवल ६ ओभरमा कुनै विकेट नगुमाई लक्ष्यलाई हाँसिल गरेका थिए। युवराज ईलेभेनको पक्षमा ओपरनरद्वय सिध्दान्त छेत्रीले ७८ रन र अर्का ओपनर ब्याटरले ४९ रन बनाएका थिए। आजको खेल विषयमा आयोजक समितिको पक्षबाट मनोहर थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।