इतिहास रच्दै १९ वर्षीय वेटलिफ्टर लालरिनुंगाले जिते स्वर्ण पदक

३१ जुलाईः भारतका १९ वर्षीय वेट लिफ्टर जेरेमी लालरिनुंगाले राष्ट्रमण्डल खेलहरूमा पुरुषहरूका वेट लिफ्टिंग स्पर्धाको ६७ किग्रा वर्गमा स्वर्ण पदक जिते। उनले स्न्याचमा सर्वाधिक १४० किग्रा ओजन उठाए। यसको साथमा क्लीन एण्ड जर्कमा १६० किग्रा ओजन उठाएर इतिहास रचे। यसरी उनले जम्मा ३०० किग्रा ओजन उठाए, जुन गेम रेकर्ड हो। यसरी भारतलाई वेट लिफ्टिंगमा दोस्रो अनि जम्मा पाँचौं पदक प्राप्त भयो। यसअघि शनिवार उत्तर-पूर्वकै मीराबाई चानूले महिलाहरूकी ४९ किग्रा वर्गमा स्वर्ण पदक जितेका थिइन्। युथ ओलम्पिक खेलहरूमा स्वर्ण जितिसकेका जेरेमीले आफ्नो पहिलो राष्ट्रमण्डल खेलमै स्वर्ण पदकको साथ इतिहास रचे। स्न्याचमा उनले १४३ किग्रा ओजन उठाउने पनि प्रयास गरेका थिए तर उनी असफल रहे। यस स्पर्धामा रजत पदक सामोआका भाइपावा इओने (जम्मा २९३ किग्रा)-ले अनि काँस्य पदक नाइजेरियाका एडिडिओंग जोसेफ मोआफिया (जम्मा २९० किग्रा)-ले जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement