ग्लोबल जीएसके सर्वेक्षणमा अघि आएको तस्वीर भारतमा ८३.५ प्रतिशत वयस्कहरूले शिंगल्सको जोखिमलाई कम आँकलन

IMG-20240229-WA0197.jpg

कोलकाता: ग्लैक्सोस्मिथक्लाइन फार्मास्यूटिकल्स लिमिटेडले आज यसकोद्वारा वित्त पोषित एक वैश्विक सर्वेक्षणबाट डाटा जारी गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। सर्वेक्षणले ५० वर्ष र माथिका मानिसहरूमा शिंगल्ससँग सम्बन्धित जोखिमहरूको बारेमा ज्ञानको महत्त्वपूर्ण कमी प्रकट गरेको छ। विज्ञप्तिक अनुसार, यस उमेर समूहका मानिसहरूलाई शिंगल्सको समस्या हुने सम्भावना बढी हुन्छ। यो सर्वेक्षण १२ देशहरूमा ५० वर्ष वा सोभन्दा माथिका ३,५०० व्यक्तिहरूमा गरिएको थियोl भारतमा सर्वेक्षणमा पाँच सय मानिसहरू सामेल थिए जसमा २५० हिन्दी भाषी र २५० मानिसहरू अंग्रेजी बोल्ने थिए। सर्वेक्षणको आँकडालाई शिंगल्स जागरूकता सप्ताह (२६ फरवरीदेखि ३ मार्च २०२४)को अवसरमा जारी गरिएको प्रेस विज्ञप्तिमा बताएको छ। यसमा शिंगल्स र यसका कारण जीवन पर्यन्त मण्डराउने खतरालाई लिएर कमि अघि आएको छ।ग्लैक्सोस्मिथक्लाइन फार्मास्युटिकल्स चिकित्सा मामिला कार्यकारी उपाध्यक्ष डा. रश्मी हेगडेले भनिन्, ‘सर्वेक्षणको परिणामले ५० वर्षभन्दा माथिका वयस्कहरूमा शिंगल्सको जोखिमबारे सचेतना बढाउन आवश्यक पर्ने कुरालाई उजागर गरेको छ। शिंगल्सले वृद्ध व्यक्तिहरूको दैनिक जीवनमा धेरै असर पार्नसक्छ र उनीहरूले धेरै असुविधाको सामना गर्नुपर्ने हुनसक्छ। यस शिंगल्स जागरूकता सप्ताह, हामी सबैलाई यो रोग र कसरी बच्ने बारे आफ्नो डाक्टरसँग कुरा गर्न प्रोत्साहित गर्न चाहन्छौंl शिंगल्सको कारणले हुने दानाको अतिरिक्त, एक व्यक्तिले पोस्ट-हर्पेटिक न्यूराल्जिया (पीएचएन) पनि विकास गर्नसक्छ। यो दीर्घकालीन स्नायु दुखाइ हो। यसको दुखाइ धेरै हप्ता, धेरै महिना वा धेरै वर्षसम्म रहनसक्छl’ प्रेस विज्ञप्तिक अनुसार, जीएसकेले शिंगल्स जागरूकता सप्ताह (२६ फरवरीदेखि ३ मार्च २०२४)सँग मेल खाने सर्वेक्षणको परिणाम जारी गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *