रियाद: सऊदी प्रो लीग फूटबलमा अल नासरबाट खेल्दै कथित रूपमा अभद्र इशारा गर्ने पोर्तुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोलाई एक म्याचको निम्ति निलम्बित गरियो। अल नासरले स्थानीय प्रतिद्वन्द्वी टीम अल शबाबलाई आइतवार ३-२-ले पराजित गरेको थियो। त्यही म्याचमा रोनाल्डोले विपक्षी टीमका समर्थकहरूलाई देखाएर अभद्र इशारा गरेका थिए। अल शबाबका समर्थकहरूले रोनाल्डोलाई जिस्काउन ‘मेस्सी….मेस्सी’-को नारा लगाइरहेका थिए। त्यही सुनेर रोनाल्डोले अभद्र इशारा गरेका थिए। सऊदी अरब फूटबल महासंघको अनुशासन अनि नैतिकता समितिले सोशल मीडियामा बिहीवार यस निलम्बनको घोषणा गऱ्यो। सऊदी प्रो लीग फूटबलमा अल नासरको अघिल्लो म्याच अल हजमसँग रहेको छ अनि त्यस म्याचमा रोनाल्डोले हिस्सा लिन सक्नेछैनन्। रियल म्याड्रिड र म्यानचेष्टर युनाइटेडका पूर्व फूटबलरले जरिमानाको रूपमा ५ हजार डलर अल शबाबलाई अनि आधा राशि महासंघलाई पनि तिर्नु पर्नेछ। यस फसेला विरुद्ध अपील गर्न पनि सकिनेछैन।