मणिपुर: मणिपुर पुलिसले १७० जनालाई हिरासतमा लियो

00-1-Rashtriya-Samachar-3

इम्फाल: मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरू अधिनस्थ संवेदनशील तथा दुर्गम क्षेत्रहरूमा गहन छापामारी एवं खोजी अभियान संचालन गरी भारतीय न्याय संहिताका अलग अलग धाराहरूको उल्लंघन गरेको मामिलामा १७० जना मानिसहरूलाई हिरासतमा लिएको छ। पुलिसले आज बताएअनुसार, आवश्यक वस्तुहरूसहित राष्ट्रिय राजमार्ग-३७ मा ३४३ अनि राष्ट्रिय राजमार्ग-२ मा ३०४ वटा वाहनहरूको आवागमन सुनिश्चित गरिएको छ। वाहनहरूको स्वतन्त्र अनि सुरक्षित आवतजावत सुनिश्चित गर्नको लागि सबै संवेदनशील स्थानहरूमा सुरक्षाको कठोर उपाय गरिएको छ। पुलिसका अनुसार, संवेदनशील क्षेत्रहरूमा व्यापक रूपमा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। राज्यका उपत्याका अनि पहाडी दुवै जिल्लाहरूमा १४० नाका तथा जाँच चौकीहरू स्थापना गरिएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement