बंगालः पारिजातको सालिग स्थानान्तरणको निम्ति भूमिपूजा

IMG-20240229-WA0186

सिलगढी: यहाँको भक्तिनगर पुलिस चौकी नजिक रहेको पारिजात चोकमा बुधवार सिलगढी पारिजात जयन्ती समारोह समितिले पारिजात (विष्णु कुमारी वाइबा)को सालिग स्थापितको निम्ति भूमिपूजा गरियो। वरिष्ठ समाजसेवी एवं चिकित्सक जीपी सापकोटाको बाहुलीबाट भूमिपूजा गरियो। यस अवसरमा डाबग्राम अनि सिलगढ़ी नगरनिगम क्षेत्रका प्रायः ३६ वटा संघ-संस्थाका प्रतिनिधिहरू साक्षी बनेका थिए। कार्यक्रममा अध्यक्ष गोपाल लामा, सचिव राजेश छेत्री लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

पारिजातको सालिग किन स्थानान्तरण गर्नु पऱ्यो भन्ने बारे जानकारी गराउँदै सचिव राजेश छेत्रीले भने, ‘राष्ट्रिय राजमार्ग-१० लाई फराकिलो पार्ने काम अहिले द्रुत गतिमा चलिरहेको छ। पारिजातको सालिगसम्म फराकिलो हुने भएकोले सम्बन्धित विभाग पीडब्ल्युडीले सालिगलाई पछाडी सार्ने निर्देश दिएको थियो। यसको निम्ति विभागको पदाधिकारीहरूले ठाउँको निरीक्षण गरी वर्तमानमा सालिग अवस्थित रहेको स्थानदेखि प्रायः ३० मीटर पछाडी सार्न भनी ठाउँ चिन्हित गरिदिए। चाँड़ै नै स्थानान्तरण परेकोले यस दिन भूमिपूजा गरी काम शुरू गरेका हौंl’ उनले अझ भने, ‘सालिग स्थानान्तरण गरिन प्रायः एक-डेढ महिनाको समय लाग्नसक्छ। आउँदो १३ मार्चमा यहाँ पारिजातको जन्म जयन्ती भव्य रूपमा पालन गरिनेछ। त्यसपछि मात्र स्थानान्तरको काम द्रुत गतिने गरिनेछl’ अध्यक्ष गोपाल लामाले भने, ‘सम्पूर्ण मानिसहरूको सहयोगले पारिजातको सालिग स्थानान्तरण गरिनेछ। जतिसक्दो चाँड़ो यसलाई स्थानान्तरण गर्ने प्रयास गर्नेछौं। पीडब्ल्युडी विभागले पनि चाँड़ो भन्दा चाँड़ो स्थानान्तरण गर्नु पर्ने निर्देश दिएका छन्। पारिजात जयन्ती पालन गरेपछि यो काम चाँड़ो गर्नेछौंl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *