देशमा चितुवाको संख्या लगभग १३८७४, सबैभन्दा धेरै मध्यप्रदेशमा

0.19711700_1709191769_istock-1347878618.jpg

नयाँ दिल्ली: केन्द्रिय पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले बिहिवार नयाँ दिल्लीमा भारतमा चितुवाको स्थितिमाथि रिपोर्ट जारी गरे। रिपोर्ट अनुसार, भारतमा चितुवाको संख्या १३८७४ छ जुन २०१८ मा १२८५२ थियो।

यसका साथै रिपोर्ट तयार पार्नमा सर्वेको क्षेत्रफलको परिधि पनि बढ़ाइएको छ। रिपोर्ट अनुसार, देशमा चितुवाको सबैभन्दा बेसी संख्या मध्यप्रदेशमा छ- ३९०७ यसपछि महाराष्ट्र १९८४, कर्नाटक १८७९ र तमिलनाडू १०७० मा छ।

यस अवसरमा मन्त्री भूपेन्द्र यादवले भने, चितुवाको स्थिति रिपोर्टले स्पष्ट रूपमा संरक्षण प्रयासहरूलाई प्रदर्शित गर्दछ। प्रोजेक्ट टाइगरको समावेशी दृष्टिकोण पारिस्थितिकी तन्त्रको अन्तर्सम्बन्ध र विविध प्रजातिहरूको संरक्षणमाथि जोड दिँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा यो संरक्षण यात्रा एक पृथ्वी, एक परिवार र एक भविष्यको लोकाचारको प्रतीक हो। यस महत्वपूर्ण मिशनमा योगदान दिने सबै व्यक्तिहरूलाई बधाई। यस अवसरमा केन्द्रिय पर्यावरण, वन र जलवायु परिवर्तन राज्य मन्त्री अश्विनी कुमार चौबेले भने, चितुवाको स्थिति रिपोर्ट मानव- चितुवाको सह-अस्तित्वमाथि प्रकाश पार्दै “वसुधैव कुटुम्बकम” दर्शनको उदाहरण पेश गर्दछ। जैव विविधतामा ह्रासबीच वन्यजीवहरूप्रति सामुदायिक सहिष्णुता एक वैश्विक मोडलको रूपमा काम गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement