बंगाल: राज्य सरकारद्वारा सयदिने रोजगारको पैसा भुक्तानी र जबकार्ड विषयमा घैयाबारी ग्राम पञ्चायत दुईमा सचेतना कार्यक्रम सम्पन्न

IMG-20240229-WA0184.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईमा सय दिने रोजगारको जबकार्डलाई लिएर सचेतना कार्यक्रम सम्पन्न भएको छ। हालमा सय दिने रोजगारको पैसा भुक्तान राज्य सरकारले गरिरहेको कारणले पैसा पसेको नपसेको विषयमा जानकारी गराउँदै सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत दुई क्षेत्रमा पर्ने जब कार्डधारीहरूको ब्यांक एकाउन्टमा जसको पैसा पसेको छ उनीहरूलाई प्रमाण पत्रहरू वितरण गरिएको छ।

त्यसरी नै एकाउन्टमा पैसा पस्नेहरूसित संवाद पनि गरिएको थियो जसमा उनीहरूले सय दिने रोजगारको पैसा भुक्तान गरिदिएकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका थिए। यस कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, पञ्चायत सचिव प्रवीण कुमार तामाङले वक्तव्य राखेका थिए। यस कार्यक्रमलाई घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले सञ्चालन गरेका थिए। कार्यक्रममा मोहित भुजेलले गीत प्रस्तुत गरेका थिए भने रेणुका कन्या उच्च माध्यमिक विद्यालय र तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयकी विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा पञ्चायतको ईए योगेस दर्नाल, बीसीडब्ल्यु इन्स्पेक्टर एंव कार्यक्रमको अपजरभर सुजाता योञ्जन, पञ्चायत सदस्यहरू क्रमैले दिपेन्द्र तामाङ, पुष्पकुमारी प्रधान, बिनीता इसाईली पनि उपस्थित रहेका थिए। घैयाबारी ग्राम पञ्चायत दुईमा मात्र १८१६ जना प्राप्तकर्ताहरूले सय दिने रोजगारको जम्मा राशि १ करोड़ ३७ लाख ३५ हजार ७ सय १९ रूपियाँ भुक्तानी हुने जानकारी गराइएको छ। उक्त राशि २०२१-२२ र २०२२-२३ को सत दिने रोजगारको पैसा भुक्तानी गरिएको जानकारी प्राप्त भएको छ। यय कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले विस्तृत रूपमा जानकारी गराएका छन्। उनले बताए अनुसार जस जसको एकाउन्टमा पैसा पसेको छैन उनीहरूले पञ्चायत कार्यालयमा राखिएको हेल्प डेक्समा आएर सम्पर्क गरिदिने अनुरोध गरेका छन्।

उनले लेवरहरूको सय दिने रोजगारको दुई वर्षदेखि पैसा केन्द्र सरकारले रोकेर राखेको थियो तर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यसपाली हालिदिएको बताएका छन्। उनले पहाड़मा जीटीए चिफ् अनित थापाको पहलमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले लेवरहरूलाई साथ दिन्दै पैसा हालिदिएको र यो पैसा १ मार्चभित्र सबैको पस्ने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *