यस वर्षको ३६६औं दिन आज, चार वर्षको प्रतिक्षापछि आयो यो दिन

29-february-leap-year-108090311.webp

काेलकाता: आज बिहिवार त्यो मिति हो, जुन साल २०२४ लाई ३६६ दिनको बनाई रहेछ। तीन वर्षसम्म ३६५ दिन बिताएपछि चौथो वर्ष यो २९ फरवरीको साथ ३६६ दिन आएको छ। २९ फरवरीको दिन चार वर्षको प्रतिक्षापछि आएको छ।
यस सम्बन्धमा भोपालका राष्ट्रिय अवार्ड प्राप्त विज्ञान प्रसारक सारिका घारूले भनिन्, यसलाई लीप ईयर भनिन्छ। साधारणतः पृथ्वीद्वारा सूर्यको परिक्रमा गर्दै ३६५ दिन बित्दा ह्यापी न्यू ईयर मनाइन्छ जबकि यस परिक्रमालाई पूरा हुनमा ३६५ दिन ५ घण्टा ४८ मिनट र ४५ सेकेन्डको समय लाग्छ। यस अतिरिक्त लगभग ६ घण्टालाई समायोजित गर्न चार वर्षमा फरवरी महिनामा एक अतिरिक्त दिन जोड़ेर लीप ईयर बनाइन्छ। यसबाट क्यालेन्डर महिना र त्यससित जोड़िएको मौसमको समायोजन बनिरहन्छ ।वैज्ञानिक सारिकाले यो पनि भनिन्, साधारणतः कुनै सनको अंकमा चारको पूरा भाग दिएर लीप ईयरको पहिचान गरिन्छ। यसको अन्य परीक्षणको निम्ति ४०० को पूरा भाग पनि दिइन्छ। यसैले यस अतिरिक्त खास दिनलाई धेरै नै खास तरीकाले मनाउनु होस् किनभने आगामी २९ फरवरीको निम्ति २०२८ को प्रतिक्षा गर्नपर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *