बाघडुग्रा: बाघडुग्रा थानाको पुलिसले एक युवकलाई देशी पेस्तोलसितै पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम सिलगढ़ीको भुजिया पानी क्षेत्रकाे चन्दन दास बताइएकाे छ।
सूत्र अनुसार गुप्त सूचनाको आधारमा गए बुधवार अबेर राती बाघडुग्रा थानाको पुलिसले भुट्टाबाड़ी क्षेत्रमा अभियान चलेर एक युवकलाई संदिग्ध अवस्थामा समात्यो। युवकको जाँच गर्दा उसको कब्जाबाट एउटा पेस्तोल र एउटा जिउँदो कारतूस भेटियो। त्यसपछि पुलिसले युवकलाई आर्म्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ गऱ्यो। युवकसित भएको जाँचबुझमा थाहा लागेको छ, पेस्तोललाई उसले बिहारदेखि बागडोगरामा बेच्न ल्याएको थियो। बाघडुग्रा थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।