बंगाल: पुलसम्म पुग्ने सम्पर्क मार्ग नभएकोले स्थानीय मानिसहरूलाई यातायात गर्नमा असुविधा

8b92cf5f-2f26-475e-b747-528cffb7da1f-1024x576.jpg

सिलगढी: सिलगढी नगरनिगमको २४ र ३६ नम्बर वार्डको भारतनगर र मध्य शान्तिनगर इलाकाबीच जोडापानी नदी बग्ने गर्दछ।त्यस इलाकाका मानिसहरू पहिला नदी पार गरेर यातायात गर्ने गर्दथे। तर पछि समस्याको समाधान गर्नको लागि तिनीहरूले पुल बनाइदिने माग गरेपछि गत ८ वर्षअघि पुलको निर्माण गरिएको थियो। तथापि, पुलसम्म पुग्ने सम्पर्क मार्ग नभएकोले गर्दा स्थानीय मानिसहरूलाई आवाजाही गर्नमा असुविधा भइरहेको छ। पुल सडकभन्दा कम्तीमा पनि तीन फीट अग्लो छ। यस्तो परिस्थितमा जोड्ने सडक नहुँदा स्थानीय मानिसहरूलाई पैदल हिँड्न निक्कै असुविधा भइरहेको छ। मध्य शान्तिनगर इलाकामा पुल छेउमा स्थानीय मानिसहरूले कङ्क्रिटको टुकडाहरू रखेर पुलमा चढने व्यवस्था गरेका छन् भने यसको अर्कोतर्फ सिँढी रहेको छ। तथापि, यहाँ खतरोकी आशंका बढ्दै गइरहेको छ। प्रायःजसो यहाँ दुर्घटनाहरू हुने गर्दछ। पुलमा चढ्ने क्रममा धेरैजना मानिसहरू घाइते समेत भइरहेका छन्। यस सम्बन्धमा ३६ नम्बर वार्डका पार्षद रञ्जन शील शर्माले भने, उत्तर बंगाल विकास विभागलाई यसबारे जानकारी गराइसकेको छ। चाँडै नै काम शुरू हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *