बंगाल: एक सय दुइवटा एटीएम कार्ड सहित चार जना व्यक्ति पक्राउ

Capture-15.jpg

सिलगढी: भिन्ना-भिन्नै ब्याङ्कको १०२ वटा एटीएम कार्ड सहित चारजना व्यक्तिलाई पक्राउ गरेको छ भने पक्रा परेकाहरूमा इरफान अहमद, नईम अल्वी, मोहम्मद राजा र गौरव सराय सामेल छन्। तिनीहरू सबैजना उत्तरप्रदेशको गाजियाबाद निवासी हुन्। प्राप्त जानकारी अनुसार बाघडुग्रा एयरपोर्टबाट दिल्ली जान अघि सुरक्षा कर्मीहरूले चेकिङ अवधि चारजना व्यक्तिको ब्यागबाट भिन्ना-भिन्नै ब्याङ्कको १०२ वटा एटीएम कार्ड उद्धार गरेको बताइएको छ। यसपछि बाघडुग्रा विमानस्थलका सुरक्षाकर्मीले पक्रा परेका चारजना व्यक्तिलाई बाघडुग्रा थाना पुलिसलाई सुम्पिदिएको छ।पक्रा परेका चार जना व्यक्ति बिहारको पूर्णियाबाट सिलगढी आइपुगेपछि बाघडुग्रा विमानअड्डाबाट विमान मार्फत् दिल्ली जाने योजना रहेको थियो। पक्रा परेका व्यक्तिहरू धोखाधडीको गुटमा सामेल हुनसक्ने पुलिसले प्राथमिक जाँच अवधि अनुमान लगाएको छ। पक्रा परेका चारजना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेर पुलिस रिमान्डमा लिनको साथै पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *