बंगाल: एक वृद्धको लाश बाँसघारीबाट उद्धार

img-20230528-wa0320-5-300x172-3755807789096742254.jpg

फुलबारी: राजगञ्जमा घर नजिक रहेको बाँस घारीबाट झुन्डिएको अवस्थामा एकजना वृद्धको लाश उद्धार भएको घटना हिजो साँझ राजगञ्ज ब्लक अन्तर्गत कालीनगर संलग्न माझियाली गाउँमा घटेको हो। मृतकको नाम लेलेन राय (६५) बताइएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार गत साँझ परिवारका सदस्यहरूले घर नजिकको बाँस घारीबाट झुन्डिएको अवस्थामा लेलेन रायको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाएको छ। के कारणले गर्दा उक्त वृद्धले आत्महत्या गरेको भन्ने विषयमा परिवारका सदस्यहरू अन्योलमा छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *