बंगाल: एक नाबालिकासित दुष्कर्म गर्ने प्रयासमा एक छिमेकी पक्राउ

0d601001-62c0-493b-9ccc-fbd1a97fbe23-1024x576.jpg

सिलगढी: सिलगढीमा नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको घटना एनजेपी थाना अन्तर्गत साउथ कोलनी इलाकामा घटेको हो भने पक्रा परेका आरोपीको नाम निर्मल सरकार बताइएको छ। जानकारी मुताबिक केही दिन अघि साउथ कोलनी निवासी सो नाबालिकालाई पुजा कोठाको कामको लागि छिमेकी निर्मल सरकारको आमाले बोलाएको थियो। त्यस समय नाबालिका त्यस घरमा गएपछि छिमेकी निर्मल सरकारले तिनीसित जबरजस्ती दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। नाबालिका चिच्याएको आवाज सुनेर निर्मल सरकारकी स्वास्नी घटनास्थलमा पुगेपछि तिनले उक्त नाबालिकालाई छोडिदिएको बताइएको छ। घटनाबारे कसैलाई केही भनेको खण्डमा नाबालिका तथा तिनका परिवारको हत्या गर्ने धम्की समेत दिएको आरोप रहेको छ। उक्त नाबालिकाले घटनालाई गोप्य राखे तापनि केही दिनपछि नाबालिका अस्वस्थ्य हुँदा परिवारका सदस्यहरूलाई सन्देह लागेर सोधखोज गर्दा तिनले घटनाबारे परिवारका सदस्यहरूलाई विस्तृत रूपमा जानकारी गराइन्। यसपछि नाबालिकाको परिवारका सदस्यहरूले हिजो निर्मल सरकारविरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले गत राति नै तिनलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीलाई कठोर सजाय दिनुपर्ने नाबालिकाको परिवारले माग गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *