३१ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार टाईब्रेकरमा रोमाञ्चक जीतको साथ आयोजक टीमले क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको म्याचमा सालुगढ़ा नेत्र बिन्दु संघले युनाइटेड सिक्किम फूटबल एकाडमीलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब मंगलवार खेलिने म्याचमा मनजीत फूटबल एकाडमी र ज्योति ट्राइब एफसीबीच भिड़न्त हुनेछ।