सरकारले जनताका पक्षमा काम गर्न नसकेको एमाले अध्यक्ष ओलीको आरोप 

KP OLI_ Sunsari

विराटनगर (नेपाल): नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। सरकारले जनताको जनभावना अनुरुप काम नगर्दा आम रुपमा निरासा छाएको पनि अध्यक्ष ओलीको भनाइ थियो। सरकारले लोकतन्त्रको अनुभति हुनेगरी काम गर्न नसक्दा जनतामा निरासा छाएको बताउदै उनले देश विकासका लागि सरकारमा इमान्दारी र सुशासन आवश्यक रहेको बताएका छन्। एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकास सम्भव नहुने अध्यक्ष ओलीको दाबी थियो। देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनको जिकिर थियोl  वर्तमान सरकारलाई खरानीको डल्लाको संज्ञा दिएका अध्यक्ष ओलीले भिज्दा पनि फुट्ने र सुक्दैमा पनि फुट्ने टिप्पणी गरेका छन्। एमाले नेतृत्वको सरकार नहुँदा अस्थिरता छाएको, अराजकता बढेको साथै अर्थतन्त्र ओरालो लागेको गम्भिर आरोप समेत ओलीले लगाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *