
यो संसारमा मान्छेहरूको घमण्ड देखेर पनि छक्क परियो
एक कदम राम्रो नचाली हिमाल चढें झैं गर्दा पक्क परियो
पूर्वाग्रहले ग्रस्त मानिसहरू छन् आफै आफ भयंकर हुने
जसको मुख एकतिर कर्म अर्काेतिर देखी कक्रक्क परियो
शायद यस्ता मानिसहरूमा म पनि पर्छु कि हे भगवान
अरूको खुट्टा तानेर आफू बढ्न पाउँदा गजक्क परियो
मै मात्रै महाज्ञानी, महात्मा, सर्वज्ञ, म जस्तो अरू कोही छैन
भन्ने स्वाँठहरू देखी यो संसारमा अक्क न बक्क परियो
आफ्नो ओजन नतौली अरूको ओजन तौलिन्छन् यी सब
यस्ता मान्छेको मानसिकता देखी लाजले सलक्क परियोll