महत्त्वपूर्ण छ सिक्किममा रेलको भूमिका

Train-1-3

सिक्किमको पहिलो रेल स्टेशन  गत २६ फरवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्l अमृत भारत स्टेशन योजनासँगै सो दिन प्रधानमन्त्रीले ५५३  रेलवे स्टेशनहरूको शिलान्यास गरेका छन्न्। यी मध्येमा पूर्व सिक्किमको रम्फू रेलवे स्टेशनलाई निक्कै महत्त्वपूर्ण रुपमा हेरिएको छl यसको मुख्य कारण रहेको छ सुरक्षा र रणनीतिक दृष्टिकोणl सन् १९७५ मा सिक्किम भारतमा विलय भएको हो अनि अब त्यहाँ पहिलो पटक रेल पुग्ने भएको छl ४५ किलोमिटर रेल लाइन परियोजना सेभोक रम्फू सन् २०२२ मा स्वीकृत भएको थियो। यो पूरा भएपछि, गान्तोकदेखि सिक्किम-चीन सीमा क्षेत्र नाथुला सीमासम्म दह्रो रेल सम्पर्क बनाइनेछ। सीमा क्षेत्रमा चीनसँग तनावपूर्ण सम्बन्ध रहेको अवधिमा यो परियोजना सिक्किम-चीन सीमामा भारतको रक्षा तयारीका हिसाबले पनि महत्त्वपूर्ण मानिएको छl अरुणाचल प्रदेशको दुई सय किलोमिटर लामो भालुकपोङ-टेङ्गा-तवाङ रेलवे लाइन पछि, यो रेलवेको महत्वाकांक्षी परियोजनाहरू मध्ये एक हो, जसले चीनको सीमा क्षेत्रसँग सम्पर्क बढाउनेछ।

रम्फू रेलवे स्टेशनको काम तीन चरणमा सम्पन्न भइरहेको छ, जसअन्तर्गत पहिलो चरणमा सेभोकदेखि रम्फू, दोस्रो चरणमा रम्फूदेखि गान्तोक र तेस्रो चरणमा गान्तोकदेखि नाथुलासम्म स्टेशन निर्माण गरिने छ। पहिलो चरणको काम पूरा भएपछि चीनको सिमाना जोडिएको सिक्किममा मात्रै सम्पर्क बढाउने छैन। सेभोक-रम्फू रेल लिंकले भारतीय सेना र रक्षा बलहरूका लागि ठूलो रणनीतिक महत्त्व राख्दछ। यहाँ बढ्दो रेल सम्पर्कले सैन्य रसदका लागि राम्रो उपलब्धि हुनेछ। यो लाइन निर्माण भएपछि भारी सैन्य उपकरण र हतियार सीमामा ढुवानी गर्न सहज हुनेछ। यसले सेनालाई एक ठाउँबाट अर्को ठाउँमा लैजान लाग्ने समयलाई उल्लेख्य रूपमा घटाउनेछ र आपतकालिन अवस्थामा छिटो कारबाही गर्न सहयोग पुग्नेछ। प्रस्तावित ४४.९८ किलोमिटर लामो रेलवे लिंक पश्चिम बंगालको सेभोकबाट शुरु भएर सिक्किमको रम्फूमा समाप्त हुन्छ। यस अवधिमा सेभोक, रियाङ, टिस्टा बजार, मल्ली र रम्फू गरी पाँचवटा स्टेशन हुनेछन्। संचारमाध्यमक समाचारहरू अनुसार,     सिभोक–रम्फू प्रस्तावित लाइनमा १४ टनेल र १३ ओभर ब्रिज छन्l ३५ किलोमिटरभन्दा बढी सुरुङ निर्माणको काम भइसकेको छ। ट्र्याक बिछ्याउने काम यही मार्चमा सम्पन्न हुनेछ। सन् २०२४ को दिसम्बरसम्ममा पुलहरू सम्पन्न गर्ने लक्ष्य रहेको हो। टिस्टा बजार रेलवे स्टेसन अग्लो उचाइ र अर्ध पहाडी भूभागमा निर्माण हुने सम्भावित रूपमा पहिलो भूमिगत ब्रोडगेज स्टेशन हुनेछ।

संचारमाध्यमका समाचारहरू अनुसार, परियोजनाको पहिलो चरण २०२५ सम्ममा पूरा हुनेछ। दोस्रो र तेस्रो चरणको सर्वेक्षण हाल चलिरहेको छl  किनभने यो स्टेशनले दार्जीलिङलाई गान्तोकसँग जोड्ने छ ताकि यात्रुहरू दुवै गन्तव्यमा सजिलै पुग्न सक्नेछन्। परियोजनाको पहिलो चरण २०२५ सम्ममा पूरा हुने समाचार छ। अहिले दोस्रो र तेस्रो चरणको सर्भे भइरहेको छ र स्टेशन स्थानको डीपीआर प्रतिवेदन तयार भइरहेको छ। यो रणनीतिक हिसाबले महत्वपूर्ण भएकाले रक्षा मन्त्रालयको सहभागिता रहने परियोजना हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *